19 मार्च 2019, नेपाल
विभिन्न व्यक्तिका विभिन्न रुचि हुन्छन् । कसैलाई घुमफिर गर्न मन लाग्छ भने कसैलाई फुर्सद भयो कि पढ्न मात्र मन लाग्छ। कसैलाई भने गाउन असाधै मनपर्छ ।
विभिन्न व्यक्तिका विभिन्न रुचि हुन्छन् । कसैलाई घुमफिर गर्न मन लाग्छ भने कसैलाई फुर्सद भयो कि पढ्न मात्र मन लाग्छ। कसैलाई भने गाउन असाधै मनपर्छ ।
त्यस्तै २३ वर्षीया पूजा रिजाल भने पदयात्रा गर्न मन पराउँछिन् । ३३ दिनमा ७०० किलोमिटर पदयात्रा गरेर उनी सगरमाथाको आधार शिविर पनि पुगिन् । रिजालका अनुसार यात्राका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आँट नै हो ।
सन् २०१८ को "सोलो वुमन ट्राभल्समा" सहभागी १४ जना किशोरी मध्ये रिजाल एक हुन् । उनी भन्छिन यो यात्राले मलाई तत्काल निर्णय गर्न सिकायो । किनभने एक्लै हुदा परिस्थिमा एक्लैले निर्णय लिनुपर्ने हुन्छ भन्छिन । सँगसँगै मानिसहरुसंग घुलमिल हुन पनि सिके भन्छिन । एकल यात्रा गरेका पूजाले म आजीवन यात्रा गर्छु अब भन्छिन । यसबाट धेरै महिलाहरुलाई प्रेरणा मिल्नसक्छ ।
स्रोत : बिबिसी नेपाली , सम्पादन : मुलधन मगर
EmoticonEmoticon